Thaha

Sunday 22 September - 3:18 pm NST

प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मोर्चाले गठन  गरेको कार्यदल छलफलमा जुट्दै

काठमाण्डौ, २७ पुस । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गठन गरेको कार्यदल आजपनि छलफलमा जुट्ने भएको छ । कार्यदलको बैठक दिउँसो २ बजेपछि सिंहदरवारमा बोलाइएको छ । आजको बैठकबाट केही ठोस परिणाम आउने दुबै पक्षको दावी छ । हिजोको बैठकले आज दुबै पक्षले मोर्चाका मागमा आन्तरिक छलफल गरेर आउने र बुँदागत रुपमा समाधान खोज्दै जाने निर्णय गरेको थियो । प्रमुख दलले राजनीतिक संयन्त्र गठन गरी संसदबाट बैधानिकता दिएर प्रदेशको सिमांकन सम्बन्धी विवाद टुंग्याउन सकिने प्रस्ताव गरेका छन् । जुन प्रस्तावमा मोर्चा पनि सकारात्मक देखिएको छ । मोर्चाको तर्फबाट कार्यदलका सदस्य एवं तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले दुबै पक्षले एकले अर्काको विश्वास जित्ने गरी छलफल गरेर आज केही सकारात्मक परिणाम आउने बताउनुभयो । हिजोको वार्ताका आधारमा आजको छलफल सकारात्मक हुने उहाँको विश्वास छ । आजको बैठकमा राजनीतिक संयन्त्रको मोडल, त्यसले गर्ने काम, संयन्त्रको बैधानिकता लगायत विषयमा छलफल केन्द्रीत गरी विश्वासिलो आधारको खोजि हुने नेताहरुले बताएका छन् ।